FAQs Complain Problems

लकडाउनकाे समयमा वडातहमा घटेका विभिन्न हिसा‌ंवारे छलफल

लकडाउनकाे समयमा समाजमा घट्न सक्ने हिसां (शारीरिक, मानसिक, याैनजन्य, आर्थिक लगायतका विविध हिसां) काे जाेखिम उच्च रहेकाेले वडा तहमै गई समुदाय तथा घरहरुमा घटेका विभिन्न किसिममा हिंसाहरुको बरेमा बुझ्न तथा छलफलको माध्यमबाट ती घटनाहरुको निकासा निकाल्न कमलामाई नगरपालिकाका नगर उप प्रमुख तथा न्यायिक समितिका संयाेजक मञ्जु देवकाेटाकाे संयाेजनमा तथा OCMC Nepal, सुरक्षित आवास गृह सिन्धुलीकाे समन्वयमा मिति २०७७ साल वैशाख ३० गते वडा नं ७,८,९,१०,१३ र १४ मा कनपाका कानुन अधिवक्ता, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव, वडाका कर्मचारी, वडाका मेलमिलापकर्ता, मनाेसामाजिक परामर्शकर्ता, वडा प्रहरी चाैकीका प्रतिनिधि, वडा स्वास्थ्य चाैकीका प्रतिनिधि, वडावासी तथा पिडित
व्यक्तिहरुकाे उपस्थितिमा वडामा घटेका हिसांहरु तथा पिडित व्यक्तिहरुकाे गुनासावारे वडामै छलफल गरियाे ।

वडातहमा कोहि हिंसामा परि पिडित हुनुहुन्छ भने त्यस्ता हिंसालाई नलुकाई वडामा आएर हिंसा विरुद्द जाहेरी दिन वडाबासीलाई कनपाका उप प्रमुखले आग्रह गर्नुभयो र वडामा रहेका मेलमिलापकर्ता तथा मनोसामाजिक परामर्शकर्ताको माध्यमबाट त्यस्ता किसिमका घटनाहरु वारे छलफल गरि परामर्श, सुझाव तथा निकासा निकाल्ने वताउनुभयो ।

विभिन्न कामको शिलशिलामा बाहिर गएका व्यक्तिहरु अहिले आफ्नै गाउँ घरमा फर्केको र घरमा भएका श्रीमान् लाई यस समयमा चाडवाड आए जस्तो दिनभरी जुवा तास खेल्ने, मदिरा सेवन गर्ने र घरमा आएर झै झगडा गर्ने कार्य वढेको पाइएको एक वडावासीले वताउनु भयो र घरमा भएका महिलाहरुलाई यस समयमा झनै कामको बोझ पनि वढेको वताउनु भयो।

OCMC नेपालले विभिन्न हिंसामा परि पिडित हुनुभएका व्यक्तिहरुको लागि निशुल्क परामर्श तथा औषधि उपचार सेवा प्रदान गरेको र जिल्ला कानुनि सहायतामा रिफर गरि निशुल्क मुद्दा दर्ता तथा मद्दा चलान गरेको OCMC नेपालका सुनिता मेडमले जानकारी गराउनुभयो। साथै यस कोरोना भाईरसको कारणले अहिले यो लकडाउनको समयमा सुरक्षित आवास गृहमा पुर्न स्थापना गर्न नसकेको र सिन्धुली अस्पतालसङ समन्वय गरि उपचार गरेर घर फर्काएको बताउनुभयो।

त्यस्तै सुरक्षित आवास गृह सिन्धुलीले विभिन्न हिंसामा परि पिडित भएका व्यक्तिहरुलाई ताजा नेपालमा पठाएर विभिन्न सीपमुलक तालिम निशुल्क प्रदान गरि रोजगारमा समावेश गराई आत्मनिर्भर वनाएको सुरक्षित आबस गृह सिन्धुलीका ईन्चार्ज गिता मेडमले वताउनुभयो ।