FAQs Complain Problems

टुहुरा /असहाय वालवालिकाहरुकाे लागी शैक्षिक सामाग्री वितरण तथा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम

आज मिति २०७६ माघ १९ गते कमलामाई नगरपालिकाले आफ्ना १४ वटै वडाका वडाबाट सिफारीस भएका टुहुरा /असाहय बालबालिकालाई शैक्षिक सामग्री, झोला, न्यानो कपडा, विध्यालयको पोशाक तथा नगद सहयोग नगर प्रमुख खड्ग बहादुर खत्री तथा प्रशासकीय प्रमुख पुरुषाेत्तम सुवेदीबाट वितरण गरियो ।

कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा भएको कार्यक्रमले बालबालिकालाई ३ लाख ८० हजार लागतको शैक्षिक सामाग्री वितरण गरेको हो । वडा बाट सिपारिस भएका आर्थिक अवस्था कम भएको ८० जना बालबालिकाहरुलाई कपि, कलम , झोला, गणितीय सामाग्री, लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।

नगर भित्रका कुनै पनि बालबालिका आर्थिक अभावको कारण विद्यालय जान बञ्चित नहुन भन्ने उदेश्य अनुसार नगरले आज एक उपौचारिक कार्यक्रम गरेर शैक्षिक सामाग्री वितरण गरेको नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले जानकारी दिनु भयो ।