FAQs Complain Problems

निशुल्क दन्त उपचार तथा व्यक्तिगत शारीरिक सरसफाई सामाग्री वितरण कार्यक्रम

कमलामाई नगरपालिका, सिन्धुली एंव भगवती आल्मुनाई, सिन्धुलीको आयोजना तथा सिन्धुलीगढी ओरल एण्ड डेन्टल क्लिनिक प्रा.लि. र सिन्धुली अस्पताल, सिन्धुलीको प्राविधिक सहयोगमा श्री नवज्योति वहिरा मा.वि, जसेदमार सिन्धुलीमा नि:शुल्क दन्त उपचार तथा  व्यक्तिगत शारीरिक सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो । उक्त दन्त शिविर कार्यक्रममा १०० जना विधार्थीको दन्त परिक्षण गर्नुको साथै २० जना विधार्थीको दात एक्स्ट्राक्सन गरी परिक्षण र सरसफाई समेत गरियो । कार्यक्रममा विधार्थीलाई सेंसोडाईन व्रस ९ दर्जन, पेप्सोडेन्ट पेस्ट ९ दर्जन, लाईफब्वाई साबुन १ कार्टुन, ह्याण्डवास १ कार्टुन, रुमाल ९ दर्जन, सेनीटरी प्याड ५ दर्जन, हेण्डीप्लास्ट १ वट्टा वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाद्वारा विधालयका प्र.अ विजय तामाङ्गलाई हस्तानतरण गरिएको थियो कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री, उधोग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेश चन्द वैदार, क.न.पा. वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा, जिल्ला अस्पताल सिन्धुलीका डेन्टल सर्जन तथा भगवतीआल्मुनाईका अद्यक्ष डा. धन कुमारी मानन्धर, सिन्धुली जिल्ला अस्पताल सिन्धुलीका डेन्टल सर्जन डा. सृष्टि महर्जन, डेन्टल हईजिनिस्ट विनिता थापा, सहयोगी सबिता बखरेल, ज्योति विकास बैंक सिन्धुलीका प्रवन्धक तथा भगवती आलुमुनाईका कोषाध्यक्ष सविन कुमार श्रेष्ठ, जिल्ला निर्वाचन कार्यालयका हेम विक्रम चौहान, जिल्ला अस्पतालका कमल सुवेदी, नेपाल रेडक्रस सोसाईटीका अम्विका खत्री, विवेक बस्नेत, भगवती आलुमुनाईका सदस्य रितेश श्रेष्ठ, बिमल श्रेष्ठ, दिपेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो । वहिरा अपांगता भएका वालवालिकाहरुको शिक्षामा काम गर्ने विधालयलाई धन्यवाद दिदै आगामी दिनमा विधालयलाई सहयोग गर्ने कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग वहादुर खत्रीज्युले वताउनुभयो ।

श्री नवज्योति वहिरा मा.विमा हाल १० वटा जिल्लाका वहिरा अपाङ्गता भएका वालवालिकाहरुले निशुल्क आवाससहित कक्षा ९ सम्म पठनपाठन गरिरहेको र सवैको सहयोगवाट विधालय संचालनहुने विधालयका प्र.अ विजय तामाङ्गले वताउनुभयो ।