FAQs Complain Problems

संविधान तथा राष्ट्रिय दिवस २०७६

मिति २०७६ असोज ३ गते संविधान दिवस तथा‍ राष्ट्रिय दिवसकाे अवसरमा कमलामाई नगरपालिकाकाे आयोजनामा विभिन्न कार्यक्रम (सरसफाई कार्यक्रम, वक्तृत्वकला प्रतियाेगीता, विज्ञान तथा प्रविधि नवप्रर्वतन प्रतियाेगीता, फलफुल वितरण कार्यक्रम, म्यूजिकल चियर प्रतियाेगीता) र प्रभातफेरी कार्यक्रम गरि विभिन्न प्रतियाेगीता स्थान हासिल गर्न सफल सहभागीहरुलाई पुरस्कार हस्तान्तरण गरी हर्षाेउल्लासका साथ मनाईयाे । उक्त कार्यक्रमकाे अध्यक्षता जिल्ला संवन्य समितिका प्रमुख शंकरराज तिवारी वर्मा ज्यूले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि प्रदेश सभा सदस्य मा. लेखनाथ दाहालले गर्नुभएकाे थियाे । यस कार्यक्रममा क न पा का नगर प्रमुख खड्ग बहादुर ख‍‍‍‍‍त्री ज्यूले यो संविधान प्राप्त गर्नकाे निम्ति आफ्नाे अमूल्य जिवन सर्म्पण गर्नुभएका विर सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै विर सहिदहरुले देखाउनुभएकाे वाटाे अँगाल्दै राष्ट्रनिर्माणकाे बाटाेमा लाग्न सम्पूर्ण नेपाली दाजुभाइ दिदिवहिनीहरुलाइ आवहान गर्दै शुभकामना व्यक्त गर्नुभयाे ।