FAQs Complain Problems

वार्षिक समिक्षा२०७२ को सुझावहरुः-

वार्षिक समिक्षा२०७२ को सुझावहरुः- १. नगर क्षेत्र भित्र रहेका तर सार्वजनिक नभएका सडकहरुलाई सार्वजनिक गर्न नगरपालिकाले पहल गर्ने। २. नगरपालिकाको कार्य सम्पादन अझ प्रभावकारी बनाउने। ३. चालु आ.व.मा योजना छनौट गर्दा नयाँ योजनालाई भन्दा विगतमा सञ्चालित योजनाहरुलाई पुरा साथै दिगो गरिनुपर्ने। ४. खेलकुद मैदानको लागि आवश्वक बजेट विनियोजनको लागि नेपाल सरकार संग माग गरिनु पर्ने। ५. अनियन्त्रीत रुपमा कृषि योग्य भुमीमा भवन निर्माण कार्यलाई निरूत्साहित गर्न जग्गा विकास योजना बनाईनुपर्ने। ६. पार्किङ क्षेत्रको ब्यवश्था गरिनु पर्ने। ७. ढुङ्गा,गिटी, बालुवाको रकम न.पा.बाटनै उठाउन पाउने व्यवश्था नितिगत रुपमा नेपाल सरकार समक्षा अनुरोध गर्ने। ८. वन जंगलको रोयल्टी वापतको रकम न.पा क्षेत्र भित्रको केहि प्रतिशत न.पा.ले समेत पाउनु पर्ने नितिगत व्यबश्था हुन सम्बन्धित निकायमा अनुरोध गर्ने। ९. आन्तरिक आय अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रम नगर विकास योजना तयार गर्दा ध्यान दिनु पर्ने। १०. वडा नागरिक मञ्च गठन गर्दा वडा स्तरिय राजनैतिक दलका प्रतिनिधिहरु समावेश हुनु पर्ने। ११. गौमति ग्वाङखोला सरसफाई कार्यक्रमलाई निरन्तरता दिनु पर्ने। १२. लक्षित वर्गको भौतिक पुर्वाधार मात्र नभई सामाजिक पुर्वाधार तर्फ कार्यक्रमको पनि सुपरिवेक्षण तथा अनुगमन समिति बाट अनुगमन व्यवश्था हुनु पर्ने। १३. कृषि उपज केन्द्रको व्यबश्थापनमा न.पा.को भुमिका प्रभावकारी हुनु पर्ने। १४. विपद सम्बन्धि कार्य गर्न सम्बन्धित निकाय संग सहकार्य गरिनु पर्ने।