FAQs Complain Problems

तरकारी फलफुल चिस्यान कक्ष

कमलामाई नगरपालिका र फलफुल तथा तरकारी मुल्य श्रृङ्खला  विकास आयाेजनाकाे आर्थिक एवं प्राविधिक सहयाेगमा स्थापित एवं  सिन्धुली कृषि उपज थाेक बजार समितिद्धारा सञ्चालित तरकारी फलफुल चिस्यान कक्ष कमलामाई नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खड्ग बहादुर खत्री द्धारा उद्घाटन गरियाे । उक्त कार्यक्रमका अध्यक्ष तरकारी उपज बजार सञ्चालक समिति का अध्यक्ष नरेश देवकाेटा, प्रमुख अतिथि कनपाका नगर प्रमुख खड्ग बहादुर खत्री, विशिष्ट अतिथि कनपाका उपप्रमुख मञ्जु देवकाेटा, कनपाका प्रमुख प्रशासकिय अधिकृत पुरुषाेत्तम सुवेदी, VCDP का राज कुमार अधिकारी ज्यूले गर्नु भएकाे  थियाे । 

कृषक तथा तरकारी व्यापारीहरुकाे समस्या समाधानका लागि उक्त तरकारी फलफुल चिस्यान कक्ष सञ्चालन ल्याइएकाे हाे । यस तरकारी फलफुल चिस्यान कक्षले तरकारीहरुलाई सुरक्षित भण्डारण तथा ताजा राखी कृषक तथा तरकारी व्यापारीहरुकाे समस्या समाधानका साथै तरकारी बजार मुल्यलाई सन्तुलन राख्ने नगर प्रमुख खड्ग बहादुर खत्रीले जानकारी गराउनु भयाे । साथै आवश्यकता हेरि भविष्यमा थप तरकारी फलफुल चिस्यान कक्ष निर्माण गर्ने र यसकाे स‌ञ्चालनलाई निरन्तरता  दिने बताउनु भयाे ।