FAQs Complain Problems

भद्रकाली सामुदायिक हाेम स्टे उद्धघाटन कार्यक्रम

२१ माघ, कमलामाई नगरपालिकाकाे वडा न‌ं २ भद्रकालीमा भद्रकाली सामुदायिक हाेम स्टे कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा उद्धघाटन गरिएकाे छ । उक्त कार्यक्रमका अध्यक्षता भद्रकाली सामुदायिक हाेम स्टेका अध्यक्ष चेत वहादुर मगर, प्रमुख अतिथि क न पा का नगर प्रमुख खड्ग बहादुर खत्री, विशेष अतिथि प्र जि अ जनार्दन गाैतमज्युले गर्नु भएकाे थियाे भने वर्द वहादुर गणका गणपति राजिव थापा, क न पा का प्रमुख प्रशासकीय अधिकृत पुरुषाेत्तम सुवेदी, काेलेनिका का प्रमुख, प्रहरी उपरिक्षक रञ्जु सिग्देल, जुनार सुपरजाेनका प्रमुख देवराज अधिकारी, उधाेग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र वैदार लगायत विभिन्न पत्रकार तथा स्थानियकाे उपस्थितिमा भएकाे थियाे ।

 

सिन्धुली जिल्लामा पहिलाे चोटि शुभारम्भ भएकाे हाेम स्टेले नेपाल भ्रमण वर्षलाई सफल पारी कमलामाई नगरपालिकामा आन्तरिक र वाह्य पर्यटककाे संख्या वढाउन सहयाेग पुर्याउने भनी प्र जि अ जनार्दन गाैतमज्युले वताउनुभयाे । यसका लागी हाेम स्टे संचालन गर्ने व्यवसायीकाे व्यहवार, संस्कार, सरसफाई, वातावरणले महत्त्व भुमिका खेल्ने वताउनुभयाे ।

 

त्यसै गरि क न पाका नगर प्रमुख खड्ग वहादुर खत्रीज्युले पहिलाे चाेटि भद्रकाली सामुदायिक हाेम स्टेमा पाहुना ल्याउने काम मेराे हाे र त्यस पछि पाहुनाहरुलाई आइरहन मन लाग्ने वातावरण सृजना गर्ने र यस कामलाई निरन्तरता दिने हाेम स्टे संचालन गर्ने व्यवसायीकाे रहेकाे वताउनुभयाे । यस हाेम स्टे संचालन गर्न हाल १५ जनालाई अनुमति पत्र वितरण गर्नुभयाे ।

 

त्यसैगरी भद्रकाली सामुदायिक हाेम स्टेका व्यवस्थापक श्री सिन्धुलीका वेदराज दाहालले यहाँ आउने पाहुनाले जम्मा ८ सय रुपैयामा २ टाइम खाजा, १ टाइम खाना र वस्ने वासकाे व्यवस्था मिलाईएकाे वताउनुभयाे ।‍