FAQs Complain Problems

शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा

कमलामाई नगरपालिकाद्धारा २०७६ साल असाेज १४ गते वडा दशैँ, दिपावली तथा छठ पर्वकाे पुनित अवसर एंव २९ औँ अन्तरार्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा आयाेजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा विभिन्न वडाका जेष्ठ नागरिक, संघ संस्था, जनप्रतिनिधि र कर्मचारीकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरियाे । यस कार्यक्रममा शतायू पार गर्नुभएका जेष्ठ नागरिकलाई सम्मान गर्दै प्रमाणपत्र, नगद र दाेसल्ला वितरण र वडा दशैँ, दिपावली तथा छठ पर्वकाे शुभकामना आदान प्रदान गरियाे । उक्त कार्यक्रमकाे अध्यक्ष्यता क न पा का नगर प्रमुख खड्ग बहादुर खत्रीज्यूले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि संविधान सभा सदस्य विषमलाल अधिकारी दनुवारज्युले गर्नुभएकाे थियाे ।