FAQs Complain Problems

२५० वटा सुत्केरी गाई भैसीका लागी सुत्केरी खाद्यन्न सहयाेग वितरण

कमलामाई नगरपालिकाकाे सुत्केरी खाद्यन्न सहयाेग कार्यक्रम अन्तर्गत क न पाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा सुत्केरी भएका गाई भैसीकाे लागी सुत्केरी भत्ता वितरण गर्नुभएका छन् ।

क न पाकाे पशु शाखा अन्तर्गत संचालन गरिएकाे उक्त कार्यक्रममा यो आ व ०७६/०७७ मा तेस्राे पटक सुत्केरी खाद्यन्न सहयाेग कार्यक्रम अन्तर्गत २५० वटा सुत्केरी गाई भैसीकाे लागी भत्ता वितरण गरिएकाे छ । यस कार्यक्रम अन्तर्गत हालसम्म ५५० वटा सुत्केरी गाई भैसीलाई सुत्केरी खाद्यन्न सहयाेगकाे लागी भत्ता वितरण गरिएकाे पशु विकास शाखाका कर्मचारी मिन बहादुर थापाले जानकारी दिनुभयाे ।