FAQs Complain Problems

समाचार

नवनिर्मित युद्ध संग्राहलयकाे उद्धघाटन असारको पहिलाे हप्ता

यहि मिति २०७८ साल असारकाे पहिलाे हप्तामा कनपा ३ स्थित सिन्धुलीगढीमा नवनिर्मित युद्ध संग्राहलयकाे उद्धघाटन कार्यकाे लागी तीव्र गतिमा भैरहेकाे निर्माण कार्यकाे अवलाेकन गरिदै ।

सिन्धुलीगढी युद्ध संग्राहलय क्षेत्रलाई संरक्षण र थप आकर्षक अनि पर्यटकिय स्थल काे रुपमा विकास गर्नकाे निम्ति के–कस्ताे भूमिका निर्वाह गर्न सकिन्छ भनि कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यू, ९ ‌नं बाहिनिका सहायक रथी श्री धुब्र शाहज्यू, बर्द बहादुर गणका प्रमुख सेनानी विजय थापाज्यू , सेनानी कुसुम पहडीज्यू, कमलामाई नगरपालिकाका अधिकृत साताैँ श्री सागर कुमार ढकाल, नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुयाल, सूचना प्रविधि अधिकृत श्री निर्मल लामा विच छलफल भएकाे छ ।

त्यस्तै निर्माणधिन सिन्धुलीगढी दरबार र हिल स्टेशनकाे अवलाेकन तथा अनुगमन गरिएकाे छ ।

सिन्धुलीगढी युद्ध संग्राहलयमा विभिन्न जिल्लाबाट घुम्न आउनुभएका पर्यटकहरु विच कमलामाई नगरपालिकाका नगर प्रमुखज्यू अन्तरक्रिया गर्नुहुदै ।