FAQs Complain Problems

समाचार

११ औँ नगरसभा

कमलामाई नगरपालिकाको ११ औँ नगरसभा मिति २०७९ असार १० गते कमलामाई  नगरपालिकाकाे नगर सभाहलमा सम्पन्न भएकाे छ । सभाको अध्यक्षता नगरप्रमुख उपेन्द्र कुमार पोखरेलज्यूले गर्नुभएको थियो । ११ औँ नगरसभाले पारित गरेका महत्वपूर्ण विषयहरु निम्न रहेका छन् ।

- नगरप्रमुखज्यूले आर्थिक वर्ष २०७९/०८० का लागि पेश गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा छलफल गरी सर्वसम्मतले पारित गरियो ।

- नगरउपप्रमुख मन्जु देवकोटाज्यूले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटको समिक्षा सहित आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यय समेटिएको बजेट वक्तव्य सभामा प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेट रु १ अर्व ३४ करोड ७६ हजारको रहेको छ जसको चालुतर्फ विनियोजित ६५ प्रतिशत र पुजिगत तर्फ ३५ प्रतिशत रहने अनुमान गरिएको छ ।

- नगरउप्रमुखज्यूले सभामा बजेट बक्तव्यसँगै विनियोजन विधेयक २०७९ र आर्थिक विधेयक २०७९ पेश गर्नुभएको थियो । बजेट वक्तव्य , विनियोजन विधेयक र आर्थिक विधेयकमाथि सभामा छलफल गरी सर्वसम्मत रुपमा पारित गर्ने निर्णय गरिएकाे थियाे ।

-  न्यायीक समितिमा रहने पदाधिकारीहरुको सम्बन्धमा कार्यपालिका बैठकले गरेको निर्णयलाई नगरसभाको बैठकमा सर्वसम्मत पारित गरियो ।

- नगरप्रमुखज्यूले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पत्रकार एवं सञ्चारकर्मीहरुको उपस्थिति थियो भने नगरपालिकाको फेसबुक पेजबाट ११ औँ नगरसभाको प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।