कमलामाई नगरपालिकाकाे आर्थिक सहयाेगमा नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्युद्धारा सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रलाद पाेखरेलज्युलाई अस्पतालकाे लागि अत्यावश्यक औषधिहरु हस्तान्तरण गर्नुभएकाे छ ।
कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाको आ व २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उद्योग तथा व्यवसाय दर्ता अभियान को १ दिने अभिमुखिकरण कार्यक्रम क. न. पा.
मिति २०७९ जेठ २० गते शुक्रवार कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कमलामाई नगरपालिकाको शहरी पूर्वाधार विकासको सन्दर्भमा नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्यूको अध्यक्षतामा नगर विकास कोषका पदाधिकारीज्यूहरु सङ्ग छलफल कार्यक्रम सम्पन्न भयो । नगरपालिकाको पार्किङ्लाई व्यवस्थित गर्न, फो
आज मिति २०७९ जेष्ठ १८ गते "दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थकाे सेवन" भन्ने मूल नाराका सहित कमलामाई नगरपालिकाकाे नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्यूकाे अध्यक्षतामा विश्व दूध दिवस नगरपालिकाद्धारा एक कार्यक्रम गरी मनाईएकाे छ ।
मिति २०७९ जेष्ठ ९ गते कमलामाई नगरपालिकाका नगर उप-प्रमुख श्री मञ्जु देवकाेटाज्युद्धारा सथप ग्रहण गर्नुका साथै पदभार सम्हाल्नु भएकाे छ । साथै कमलामाई नगरपालिकामा अवस्थित वि.पि. पुष्पलालकाे स्मृतिमा खादा लगाई शहिदहरु प्रति सम्मान व्यक्त गर्नुभएकाे छ ।
मिति २०७९/०२/०९ कमलामाई नगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्युद्धारा कमलामाई नगरपालिकामा पदभार ग्रहण गर्नुभएकाे छ । उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल सर, कर्मचारीहरु मित्रहरु, पत्रकार लगायत विभिन्न व्यक्तित्वहरुबाट उहाँलाई