FAQs Complain Problems

फोटो ग्यालरी

जग्गाधनी पूर्जा दोस्रो पटक वितरण:-
मिति २०८०/११/२७ गते कमलामाई नगरपालिकाले राष्ट्रिय भूमी आयोग जिल्ला समिति सिन्धुलीको संयोजनमा जग्गाधनी दर्ता प्रमाणपत्र १५ जनालाई वितरण गरेको छ । ३ भूमिहिन दलित र १२ भूमिहिन सुकुम्वासीहरुलाई हिजाे एक समारोह बिच वडा नम्वर १२ का भुमिहिनलाई जग्गाधनि पुर्जा वितरण गरिएकाे हाे ।  नगर प्रमुख श्री उपेन्द्र कुमार पोख्रेल ज्यूकाे अध्यक्षतामा सम्पन्न भएको उक्त  कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक श्री कार्साङ लामा ज्यूको प्रमुख अतिथ्यता तथा यस नगरपालिकाका उपप्रमुख श्री मन्जु देवकोटा ज्यू र राष्ट्रिय भूमी अयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष श्री वावुराम राइको विशिष्ट अतिथ्यता सहित सरोकार संस्थाहरुका प्रतिनिधि सहितको अतिथ्यतामा भएको थियो । उक्त अवसरमा नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले विकास दुर्गम मानिएको यस वडामा अब विकासका कार्यमा नया आयाम शुरुहुने तथा नगरकै दोस्रो जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्न पाउदा खुशी लागेको वताउनु भएकाे थियाे । प्रमुख अतिथि कार्साङ लामाले विकासले असरमा के रहेछ भनी यस वडाको भूगोललाइ नजिक वाट नियाल्ने मौका मिलेको तथा आजको कामले दिगो विकास रहेको व्यक्त गर्नु भो । नगरपालिकाका उपप्रमुख श्री मन्जु देवकोटा ज्यूले लालपूर्जा वितरण प्रक्रियामा यस नगरपालिकाले निकै महत्व दिएकोले अन्य वडाहरुमा पनि चाडै लालपुर्जा वितरण हुने व्यक्त गर्नु भयो भने राष्ट्रिय भूमी अयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष वावुराम राइले अब बिस्तारै सबै भूमिहिन भूमिको मालिक भइसकेकोले कोहीकसै सँग भूमिहिन नभएको नरहेको व्यक्त गर्नु भो । उक्त कार्यकम लाई सहजीकरण इकाई प्रमुख मुकेश तामाङबाट हाल सम्मको प्रगती वारे वताउनुका साथै कार्यकम संचालन गर्नु भएको थियो । नापी अधिकृत सरोज बहादुर श्रेष्ठले कमलामाईले गरेको प्रगतीमा प्रशसा गर्नु भयो भने जग्गाधनी पूर्जा पाउने सवैले खुशी व्यक्त गरे । कार्यकमको स्वागत कमलामाई १२ नं. वडाध्यक्ष श्री भिम व गुर्मछानले ज्यूले गर्नुभएको थियो । कार्यक्रमका केही तस्विर

, , ,

कमलामाई नगरपालिकाको स्वीकृत कार्यक्रमानुसार गरिवी निवराणका लागि लघु उद्मम विकास कार्यक्रम(MEDPA) अन्तर्गत कुखुरा पालन/ मौसमी तथा वेमौसमी तरकारी खेती सम्बन्धी प्राविधिक सीप विकास तालिम कनपा वडा नं. ८ मा संचालन भैरहेकाे छ ।

, , , , ,

 

कमलामाई नगरपालिकाको नवौं नगरसभाबाट स्वीकृत आ.व. ०७८/७९को बजेट तथा कार्यक्रम अन्तर्गत मिति २०७८ साल भाद्र २७ गते  कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्री, नगर उप-प्रमुख श्री मञ्जु देवकोटा, स्वास्थ्य शाखा प्रमुख श्री केम थापा र शहरी स्वास्थ्य चौकीका कर्मचारीहरुको उपस्थितमा कमलामाई नगरपालिका वडा नं. १४ का १४ जना सुत्केरी महिला र वडा नं. ९ का ४ जना सुत्केरी महिलाहरुलाई २ केजी घिउ  वितरण कार्यक्रमको सुरुवात गरिएको छ । कमलामाई नगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकतामा रहेका सुत्केरी महिलाहरुलाई घिउ वितरण कार्यक्रमका लागि आ.व. ०७८/७९ को बजेट तथा कार्यक्रमको रु. २००००००/-  रकम विनियोजन गरिएको छ ।

सुत्केरी महिलाहरुलाई घिउ वितरण कार्यक्रम सुत्केरी भएका महिलाहरुलाई स्वास्थ्य संस्थाबाटै दक्ष प्रसुति कर्मिद्वारा प्रसुति गराउन, प्रसुति अवस्थामा हुन सक्ने जोखिमहरुलाई कम गराउन, आमा तथा बच्चाको स्वास्थ्य सुरक्षा गर्न र आवश्यक पोष्टिक तत्व प्रदान गर्नका गरिएको हो ।

सुत्केरी महिलाहरुले घिउ लिनको लागि नजिकैको स्वास्थ्य केन्द्रमा  गर्भ परीक्षणको प्रतिलिपी र जन्म दर्ता लिई जानु पर्नेछ ।  २०७८ साउन देखि सुत्केरी भएका सुत्केरी महिलाहरुलाई मात्र घिउ वितरण गरिनेछ । सुत्केरी भएका महिलाहरुले घिउ लिनको लागि सुत्केरी भएको मितिले दुई महिना भित्र आवश्यक कागजपत्र पत्र पेश गर्नु पर्नेछ ।

, , , , ,

कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा नगर स्वराेजगार कार्यक्रम अन्तर्गत पहिलाे स्थलगत अनुगमनकाे चरणमा छनाैट हुनुभएका छ जना युवा व्यवसायीलाई विना धिताे र विना व्याजमा ऋण उपलब्ध गराउनुभएकाे छ ।

 

 

, , , ,

Pages