FAQs Complain Problems

प्रदेश प्रमुखद्धारा नगर प्रमुखज्यूलाई खादा र राष्ट्रिय झण्डा अंकित चिन्ह (Badge) लगाई सम्मान

श्रावण १७

आज मिति २०७८ साल श्रावण १७ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूद्धारा प्रदेश नं २ का माननीय डा‍. राजेश झाज्यूलाई सिन्धुलीगढी युद्ध संग्रहालयमा स्वागत गर्नुभएकाे छ ।

प्रदेश प्रमुख माननीय डा‍. राजेश झाद्धारा सिन्धुलीगढी युद्ध संग्रहालयकाे अवलाेकन गर्नुभएकाे छ । सिन्धुलीगढीकाे ईतिहास जिवन्त राख्न नवनिर्मित सिन्धुलीगढी युद्ध संग्रहालय निर्माणमा महत्तवपूर्ण भूमिका निर्वाह गर्नुभएकाे भनि प्रदेश प्रमुखद्धारा नगर प्रमुखज्यूलाई खादा र राष्ट्रिय झण्डा अंकित चिन्ह (Badge) लगाई सम्मान गर्नुभएकाे छ ।

नवनिर्मित सिन्धुलीगढी युद्ध संग्रहालय गत श्रावण १३ गते माहामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समुद्घाटन गर्नुभएकाे थियाे । उक्त संग्रहालयमा वीर योद्धाहरुको नामांकन गरिएको छ र संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु राखिएकाे छ । त्यस्तै तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रह गरिएकाे छ ।

सिन्धुलीगढी युद्ध संग्रहालय श्रावण १६ गते शनिवार देखी सर्वसाधरणहरुकाे लागी खुल्ला गरिएकाे थियाे ।