FAQs Complain Problems

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियाेगितकाे उद्धघाटन समाराेह

आज मिति २०७९ माघ ३ गते नगर खेलकुद विकास समिति, कमलामाई नगरपालिका, सिन्धुलीकाे आयोजनामा "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ कमलामाई नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्युकाे प्रमुख अतिथ्यता, नगर खेलकुद विकास समितिका अध्यक्ष श्री दिपेन्द्र फुयालज्युकाे अध्यक्षता, निवर्तमान नगर प्रमुख श्री खड्ग बहादुर खत्री र प्रमुख प्रशासकीय अधिकृत श्री सूर्य प्रसाद दाहालज्युकाे विशिष्ट आतिथ्यता, सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री सतिश कुमार ढकाल, जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष श्री विशाल तामाङ्, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत वडा प्रतिनिधिहरुकाे अतिथ्यता र पत्रकार लगायत स्थानीयकाे उपस्थितिमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियाेगितकाे उद्धघाटन समाराेह समापन भएकाे छ ।

उक्त प्रतियाेगितामा कमलामाई नगरपालिका भित्रका १५ वटा विद्यालयहरुकाे सहभागिता रहेकाे छ । उक्त कार्यक्रममा कबड्डी, भलिवल, करातेँ, तेक्वान्दाे, दाैड र एथलेटिक्स प्रतियाेगिताहरु रहेका छन् ।

उक्त राष्ट्रपति रनिङ्गशिल्ड प्रतियाेगितका खेलहरु माघ ६ गते सम्म संचालन हुनेछन् ।