FAQs Complain Problems

सहुलियत दरमा ऋण उपलब्ध गराउन सम्झाैता

आज मिति २०७७ साल भाद्र २८ गते कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्यू र राष्ट्रिय वाणिज्य बैकं, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ बीच कमलामाई नगरपालिकामा रहेका वेराेजगार युवा तथा कृषकहरुको लागी लक्षित गरी युवा स्वराेजगार, कृषि तथा विभिन्न व्यवसायहरुलाई प्रर्वद्धन गर्नका लागी सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झाैतामा हस्ताक्षर भएकाे छ ।

राष्ट्रिय वाणिज्य बैकंले रु पाँच लाख देखी पाँच कराेड सम्म कमलामाई नगरपालिकाकाे सिफारिसमा महिलाकाे लागी १.८ % ब्याजदर र पुरुषकाे लागी २.८ % ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय भएकाे छ ।