FAQs Complain Problems

कमलामाई नगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयाेग

कमलामाई नगरपालिका वडा नं ७ स्थित माझीटारमा रहेको शिद्दवावा अंग्रेजी मा.विका प्रधानध्यापकज्युले विद्यालयको तर्फवाट यस कमलामाई नगरपालिकालाई विश्वभरी नै माहामारीको रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सत्ताईस हजार एक सय पचास रुपैया सहयोग गर्नुभएको छ । यस सहयोगको लागी कमलामाई नगरपालिकाको तर्फवाट शिद्दवावा अंग्रेजी मा.विका सम्पूर्ण स- परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहान्छौ ।

साथै यस कोषमा कमलामाई नगरपालिकाको तर्फवाट १२,६१,१७९ रुपैया जम्मा गरिएको छ भने कमलामाई नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फवाट संघीय सरकारले गरेको निर्णय वाहेक एक दिनको तलव वापतको रकम सहयोग रहेको पनि जानकारी गराउदछौ ।

यस विपदको घडीमा तपाईपनि माहामारीको रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सहयोग गर्न चाहानुहुन्छ भने यस कमलामाई नगरपालिकाको राष्ट्रीय वाणिज्य वैंकमा रहेको कमलामाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता नं १०६०३०५०४९४०२ मा पैसा जम्मा गर्नसक्नुहुनेछ ।