FAQs Complain Problems

सिन्धुलीगढीमा एकीकरण संग्राहलय बनाउन रक्षा मन्त्रालयको स्वीकृति

कमलामाई नगरपालिका स्थित सिन्धुलीगढीमा राष्ट्रिय स्तरको नमुना एकीकरण संग्राहलय निर्माण गर्ने नेपाली सेनाको योजना रक्षा मन्त्रालयलद्धारा स्वीकृत भएकाे छ । कमलामाई नगरपालिका प्रमुख खड्ग
बहादुर खत्री र प्रधान सेनापति पूर्णचन्द्र थापासंग सैनिक मुख्यालयमा भएको छलफल पछि रक्षामन्त्री इश्वर पोखरेलले उक्त योजना स्वीकृत गर्नुभएकाे छ ।मंगलबार रक्षा मंत्री इश्वर पोखरेलको अध्यक्षतामा भएको छलफलमा संघीय सांसद हरिबोल गजुरेल, कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री, प्रधान सेनापति पूर्णचन्द्र थापा, पर्यटन तथा नागरिक उड्डयन सचिव, नेपाली सेनाका जनरलहरुलाई बर्दबहादुर गणका गणपति राजीब थापाले परियोजनाको विस्तृत प्रतिवेदन बारेमा जानकारी दिनुभएका छन् ।