FAQs Complain Problems

उद्योग तथा व्यवसाय दर्ता अभियान को १ दिने अभिमुखिकरण कार्यक्रम

कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाको आ व २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उद्योग तथा व्यवसाय दर्ता अभियान को १ दिने अभिमुखिकरण कार्यक्रम क. न. पा. वडा नं २ काे हलमा वडा अध्यक्ष श्री ईन्द्र वाईबाको अध्यक्षता र कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल ज्युको प्रमुख आतिथ्यतामा उद्योग शाखा प्रमुख, राजश्व उपशाखा प्रमुख , उद्योग शाखाका कर्मचारीहरू वडाका दर्ता भएका/नभएका जम्मा ४७ जना उद्यमीहरुाे सक्रिय सहभागीतामा कार्यक्रम सम्पन्न गरियो ।

उक्त कार्यक्रममा उद्योग तथा व्यवसाय प्रवर्ध्दन विकास शाखाका कर्मचारी रिता परियार कार्किद्वारा सहजीकरण गर्नुभएकाे थियो ।