FAQs Complain Problems

काठमाण्डौंविश्वविद्यालय र कमलामाईनगरपालिकाबिच NICपरियोजना संचालन समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौं विश्वविद्यालय  र  कमलामाई नगरपालिका विच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजालसुदृढीकरणतथा  शिक्षामा समता र समावेशिकरण हासिल गराउने प्रयोजनार्थ NICfor School Leaders Towards Equity and Inclusion Project समझदारी पत्रमा हस्ताक्षर भयो । सो समझदारी पत्रमा काठमाडौ विश्वविद्यालयका सामुदायिक परिचालन महाशाखाका सल्लाहकार प्रा डा बालचन्द्र लुईटेल र कमलामाई नगरप्रमुख खड्ग बहादुर खत्रीले संयुक्तरुपमा हस्ताक्षर गर्नु भयो ।सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरप्रमुख खत्रीले भन्नु भयो-" कमलामाई नगरपालिकाको समग्र शैक्षिक उन्नयनमा यो परियोजना कोशेढुङ्गा सावित हुनेछ"

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले यस संस्था स्थापनाकालदेखी समुदायसंगको सहकार्यबाट संचालित हुदै आएको र यो परियोजनाले समुदायसंग थप नजिक पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।परियोजना संचालनबाट नगर क्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत ३० जना प्रअहरुले करिव २७ महिनासम्म शैक्षिक नेतृत्व विकास कार्यक्रममा सरिक भइ नेतृत्व क्षमता विकास गर्ने अवसर प्राप्त हुने कुरा काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्गका डीन प्रा.डा. मनिष पोखरेलले बताउनु भयो । त्यसै गरि परियोजनाले नगरपालिकाको शैक्षिक नेतृत्वकर्तमाहरुमा सामुदायिक संजाल सुदृढीकरण , सूचना तथा प्रविधी सम्वन्धी सक्षमता विकास लगायत  NIC Hub मा आवद्ध भइ नेतृत्व क्षेमता विकास गर्ने र अन्तर्देशिय अनुभव आदन प्रदानका अवसर प्राप्त हुने कुरा कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता जगत आलेले बताउनु भयो ।काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रमको संचालनकाठमाडौं विश्वविद्यालयका उप-प्राध्यापक सुशिल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा कनपा नगर शिक्षा अधिकारी शंकरराज लुईटेल,  काठमाडौं विश्वविद्यालयका रजिष्टार प्रा डासुवोध शर्मा लगायत विश्वविद्यालय र नगरपालिका सम्वद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।