FAQs Complain Problems

कानुनी साक्षरता र लैंगिक समानता र समावेशीकरण तथा मेलमिलाप कर्ताहरुका लागी पुनर्ताजगी तालिम

कानुनी साक्षरता र लैंगिक समानता र समावेशीकरण तथा मेलमिलाप कर्ताहरुका लागी पुनर्ताजगी तालिम कमलामाई नगरपालिका वडा नं. ९ भिमान स्थित आजाद स्मृती भवनमा दुई दिने कार्यक्रम स‌चालन भएको छ ।

उक्त कार्यक्रम प्रमुख अतिथि कनपाका नगर उपप्रमुख तथा न्यायिक समितिका स‌ंयाेजक मञ्जु देवकाेटा जयूले उद्धघाटन गर्नु भएको थियाे । त्यस्तै विशेष अतिथि वडा नं. ९ का वडा अध्यक्ष देवराज पाैडेल, वडा नं. १० का वडा अध्यक्ष राम हरि ढुङ्गेल, वडा नं. ८ का वडा अध्यक्ष टिका बहादुर माेक्तान, वडा नं. १४ का वडा अध्यक्ष जितलाल अधिकारी दनुवार, वडा नं. १३ का वडा अध्यक्ष किरण माझि,वडा नं. ११ का वडा अध्यक्ष तथा न्यायिक समिति सदस्य राम बहादुर थिङ ज्यूकाे अतिथियतामा भएकाे थियाे ।
उक्त कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ८,९,१०,१३ र १४ का वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य कनपाका कर्मचारी, मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियाे ।

उक्त कार्यक्रममा सहजिकरण कमलामाई नगरपालिकाका कानुन अधिकृत तथा अधिवक्त टंक विक्रम थापाले गर्नु भएको थियो । वडाहरुमा हुने विभिन्न किसिमको विवाद जस्तै साध सिमाना, अंश वण्डा, लेनदेन, गाली गलाैज, जग्गा भाेगचलन, परिपूर्वकाल देखि चलि आएकाे कुलो बाटो, ऐलानी जग्गा भनि नम्बरि जग्गा विक्रि गरेको आदि विषयमा समस्याको समाधान कसरी गर्ने भनि छलफल गरिएको थियो ।