FAQs Complain Problems

क न पामा विधुत विस्तार उद्धघाटन कार्यक्रम

८ माघ,  सिन्धुली ।  कमलामाई नगरपालिका वडा न‌ं ७  सिम्ले, ज्याम्दु, टंसार, वासकटेरी हुदै गैरीगाउँ सम्मकाे विधुत विस्तार उद्धघाटन कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे अध्यक्षता क न पा वडा नं ७ का वडा अध्यक्ष कर्ण वहादुर घिसिङ तथा प्रमुख अतिथि प्रदेश सभा सदस्य विनाेद कुमार खड्का र विशेष अतिथि क न पा का नगरप्रमुख खड्ग वहादुर खत्रीले  गर्नुभएकाे थियाे भने अतिथिहरुमा नगर उप प्रमुख मञ्जु देवकाेटा नेकपा नेता केशव प्रसाद देवकाेटा साथै क न पा का प्रमुख प्रशासकिय अधिकृत पुरुषाेत्तम सुवेदी लगायतले आ आफ्नाे धारणा सहित शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रम स‌ंचालन क न पा का कर्मचारी छत्र बहादुर घिसिङले गर्नुभएकाे थियाे ।

 

"नगरवासीकाे चाहना, उज्यालाे नगर हाम्राे कामना" भन्ने मुल नाराका सहित जनप्रतिनिधि आए देखि नै क न पाका १४ वटै वडालाई उज्यालाे नगरपालिका वनाउने घाेषणा पत्र जारी गर्नुभएकाे थियाे ।  त्यहि घाेषणा पत्र अनुरुप आज विधुत नपुगेकाे वडा नं ७  वासकटेरीमा पहिलाे आपुर्ति गरिएकाे छ । अवकाे दुई महिनामै क न पा का विधुत नपुगेकाे सवै टाेल वस्तिमा विधुत पुगि सकनेछ भनि नगर प्रमुख खड्ग खत्रीले जानकारी गराउनुभयाे । त्यस्तै क न पाका सवै टाेल  वस्तिमा खर परालले छाएकाे घरकाे लागी जस्तापाताकाे टेण्डर चाडै नै खुल्ने बताउनुभयाे । त्यसैगरी टेलिकम टावरकाे लागी पनि पहल भैरहेकाे जानकारी दिनुभयाे ।

त्यस्तै प्रदेश सभा सदस्य विनाेद कुमार खड्काले वाटाे नै विकासकाे मुख्य पुर्वधार हाे भन्दै पेट्राेलपम्प माझिटार, मित्रचाेक, गड्याैली,खैरेनी थाक्ले   चिस्यानभञ्जयाङ वासकटेरी हुदै ग्वालटार वैकल्पिक राजमार्गकाे रुपमा कालाेपत्रे दुई वर्ष िभत्र हुन्छ भनेर प्रतिवद्धता जनाउनुभयाे ।