FAQs Complain Problems

दुध तथा फलफुल वितरण गरि विश्व दूध दिवस मनाउदै

आज मिति २०७९ जेष्ठ १८ गते "दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थकाे सेवन" भन्ने मूल नाराका सहित कमलामाई नगरपालिकाकाे नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्यूकाे अध्यक्षतामा विश्व दूध दिवस नगरपालिकाद्धारा एक कार्यक्रम गरी मनाईएकाे छ ।

उक्त कार्यक्रममा सिन्धुली अस्पतालमा उपचारार्थ ३० जना विरामीहरुलाई दुध तथा फलफुल वितरण गरिएकाे थियाे । हरेक वर्ष जुन १ तारिखमा मनाईने विश्व दूध दिवस नेपालमा सन् २०११ देखि मनाउन थालिएकाे हाे । एफएओको मापदण्ड अनुसार स्वच्छ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तिमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७२ लिटर छ । दूधमा कमलामाई नगरपालिका आत्मनिर्भर छ ।

उक्त कार्यक्रममा उप प्रमुख श्री मञ्जु देवकाेटाज्यूले स्वागत मन्तव्य राख्नुहुदै स्वास्थ्य नै हाम्राे अमूल्य सम्पत्ति हाे र स्वास्थ्य रहन हामी सवैले दैनिक रुपमा दूधकाे उपभाेग गर्नुपर्छ, यसले सवै कृषक र दुग्ध व्यवसायीहरुकाे व्यवसायमा समेत टेवा पुग्ने वताउनुभएकाे छ ।

त्यस्तै नगरप्रमखज्यूले सवै विरामिहरुकाे शिध्र स्वास्थ्य लाभकाे कामना गर्नुहुदै आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउन विभिन्न कार्यक्रमहरु गर्ने वताउनुभएकाे थियाे ।

कार्यक्रममा सिन्धुली अस्पताल व्यवस्थापन समितका अध्यक्ष श्री प्रलाद कुमार पाेखरेल, कनपा वडा नं ५ का वडा अध्यक्ष श्री पूर्ण बहादुर खड्का, वडा नं ६ का वडा अध्यक्ष श्री उज्जवल थापा, दुग्ध सहकारी संस्थाका अध्यक्ष, दुग्ध व्यवसायी, कृषक, कर्मचारीहरु लगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।