FAQs Complain Problems

नगर स्तरीय चित्रकला प्रतियाेगिता सम्पन्न

"घरैबाट शुरु गराै, महिला हिंसा अन्त्य गराैँ" भन्ने मूल नाराका साथ मिति २०७८ मंसिर १९ गते आईतवारका दिन ३० औँ लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान २०७८ काे अवसरमा कमलामाई नगरपालिकाकाे आयाेजना, प्लान ईन्टरनेशनल नेपाल, जनजाती विकास समाज र हुराडेक नेपालकाे साझेदारीमा नगर स्तरीय चित्रकला प्रतियाेगिता आयाेजनाक गरिएकाे थियाे ।

 

उक्त चित्रकला प्रतियाेगिताकाे अध्यक्षता कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूले गर्नुभएकाे थियाे । प्रतियाेगितामा विभिन्न विद्यालयका विद्यार्थी भाईबहिनिहरुकाे सहभागिता रहेकाे थियाे ।

उक्त चित्रकला प्रतियाेगितामा विद्यार्थी भाईबहिनिहरुले लैङ्गिक हिंसा विरुद्धकाे चेतना जगाउने चित्रकला वनाई प्रस्तुत गरेका थियाे ।

 

प्रतियाेगितामा कालिका मा.वि., धमिलेजरायाेटारका छात्रा सुमित्रा वि.क.ले प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् । त्यस्तै शिद्धबाबा मा.वि. पानीट्यांकीका छात्र अनिल सार्कीले द्धितीय स्थान हासिल गरेकाे थिए भने प्रगतिशिल मा.वि. कनपा १० का छात्रा श्रुति थापाले तृतीय स्थान हासिल गर्न सफल भएकी थिइन् ।

 

प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने भाईबहिनिहरुलाई क्रमश ३०००, २००० र १५०० बरावरकाे करुवा पुरस्कार वितरण गरिएकाे थियाे ।