समाचार
बागमती प्रदेशको संयुक्त पहलमा ऐतिहाँसिक सिन्धुलीगढी दरवारको पुनरनिर्माण
कमलामाई नगरपालिका र पर्यटन विकास आयोजना बागमती प्रदेशको संयुक्त पहलमा ऐतिहाँसिक सिन्धुलीगढी दरवारको पुनरनिर्माण हुने भएको छ ।
कमलामाई नगरपालिकाले सिन्धुलीगढी क्षेत्रलाई अन्तर्राष्ट्रिय गन्तब्यको रुपमा विकास गर्ने अठोटलाई सिन्धुलीगढी दरवारको (रानी दरवारको) पुनरनिर्माणले थप सहयोग पुग्ने छ । सिन्धुलीगढी दरवारको पुनरनिर्माण पुरानै ढाँचामा र पुरातात्विक महत्वलाई समेत हुबहु अवलम्वन गरेर हुनेछ ।
सिन्धुलीगढी दरवारको तत्कालिन श्री ३ माहाराज जंग बहादुर राणाका भाई बम बहादुर राणाका छोरा बमवीर विक्रम राणाले वनाएका थिए । यो दरवार पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रुपमा रहेको थियो । पछि राणा शासनको अन्त्य भैसकेपछि यो दरवार राष्ट्रिय स्वामित्वमा आएको थियो र जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सरी सकेपछि विस्तारै विस्तारै यो दरवार प्रयोजन विहिन बन्न गई भग्नावशेषको रुपमा रह्यो ।
यो दरवारको निर्माण जिम्मेवारी श्री लुल्सी/एरिसा जे.भि. भक्तपुरले पाएको छ । यसको निर्माण सम्पन्न अवधि २०७९।०२।१६ भित्र रहेको छ ।