FAQs Complain Problems

राष्ट्रिय बाल दिवस २०७८

" सामान्य अवस्था वा काेभिड महामारी : बाल अधिकारकाे संरक्षण हामी सवैकाे जिम्मेवारी " भन्ने भूल नाराका साथ कमलामाई नगरपालिकाकाे आयाेजनामा आज मिति २०७८ भाद्र २९ गते राष्ट्रिय बाल दिवस २०७८ कमलामाई नगरपालिकाकाे वडा नं १ मा रहेका श्री शंकरेश्वर मा.वि. जखनी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकाे उपस्थितिमा दिवस भव्यताका साथ संचालन गरि सम्पन्न गरिएकाे छ ।

उक्त कार्यक्रम कमलामाई नगरपालिकाका नगर उप प्रमुख श्री मञ्जु देवकाेटाज्यूकाे अध्यक्षता, सामाजिक विकास शाखा प्रमुख श्री सत्यदेवी अधिकारी, शिक्षा तथा युवा खेलकुद शाखाका शाखा अधिकृत श्री हित कुमारी पाैडेल, विद्यालयका प्र‍.अ. श्री एक बहादुर श्रेष्ठ, सूचना प्रविधि अधिकृत श्री निर्मल लामा, महिला तथा वालबालिका शाखाका शाखा प्रमुख श्री ईन्दिरा थापा, सामाजिक सुरक्षा तथा पंजिकरण शाखाका एम.आई.एस अप्रेटर श्री अलिशा खत्री क्षेत्री, कनपाका कर्मचारी श्री राधा कुमारी काेईराला, श्री कमला आचार्य, समाजसेवी तथा काेशेली डेरी उधाेगका संचालक श्री विमला काफ्ले विद्यालय बाल क्लवका सहसचिव र विद्यालयका शिक्षकहरुकाे उपस्थितिमा कार्यक्रम संचालन गरिएकाे थियाे ।

उक्त कार्यक्रममा शिक्षा तथा युवा खेलकुद शाखाका शाखा अधिकृत श्री हित कुमारी पाैडेलज्यूले नेपालकाे संविधानमा उल्लेख गरिएका वालवालिकाकाे हक अधिकार र त्यसकाे संरक्षणकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।

बालबालिकाको सामाजिक सुरक्षा, शिक्षा दिक्षा, माया, स्नेह, शान्ति समझदारी,बालमैत्री वातावरण, पोषिलो खानपान नैसर्गिक अधिकार हो। अझै भन्नुपर्दा बाल अधिकार अन्तर्गत बाल बचाउ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता नै बाल अधिकार हो । आजका बालबालिका भोलिका फूल हुन तर त्यो भन्दा अगाडी त्यो फूललाई मलजल गर्नु पर्छ । मलजल गरेन भने त्यो फूल ओइलाउछ । त्यसैले त्यो फूललाई ओइलाउन दिनु हुदैन र आजै देखि सहि मलजल गरेर तिनिहरुलाई अगाडी बढाउनुपर्छ । अधिकारको कुरा संविधानमा मात्रा होइन ब्यवहारमा पनि उतार्नुपर्छ भन्दै कनपाका उप प्रमुख श्री मञ्जु देवकाेटाज्यूले वताउनुभएकाे थियाे ।