FAQs Complain Problems

वडा मेलमिलाप केन्द्रकाे अनुगमन, सुझाव संकलन, मुल्यांकन कार्यक्रम

आज मिति २०७८ साल वैशाख ७ गतेका दिन कमलामाई नगरपालिकाको वडा न ०७ काे वडा मेलमिलाप केन्द्रकाे अनुगमन, सुझाव संकलन, मुल्यांकन कार्यक्रममा कनपाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक श्री मञ्जु देवकोटा, का‌.व अध्यक्ष साेम बहादुर वल, कानुन अधिकृत टंक विक्रम थापा, वडा सचिव, वडा मेलमिलाप केन्द्राका संयाेजक मेनुका तिम्लसिना, मेलमिलापकर्ता कर्मचारी र सदस्यहरूकाे उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा वडा स्तरीय गठित मेलमिलाप केन्द्रबाट प्रदान गरेका सेवा तथा न्याय सम्पादनकाे अभिलेखिकरण वारेमा छलफल गरिएकाे थियाे ।

उक्त मेलमिलाप केन्द्रमा वढि जसाे अशंवण्डा, झै–झगडा, जग्गा खिचलाे जस्ता विवादहरु आइपरेको वडा मेलमिलाप केन्द्राका संयाेजक मेनुका तिम्लसिनाले बताउनुभएकाे छ। यस आ व ०७७/०७८ मा जम्मा वडामा २९ वटा विवाद दर्ता भएकाेमा २७ वटा विवाद समाधन भएकाे र वाकी २ वटा विवाद छलफलकाे क्रममा रहेकाे जानकारी गराउनुभएकाे छ । यस्तै वडा मेलमिलाप केन्द्रले विना पारिश्रमिक, वडामा काेठाकाे राम्राे व्यवस्थापन नभए पनि सेवा उपलब्ध गराईरहेकाे जानकारी गराउनुभयाे ।

यस्तै न्यायिक समितिका संयोजक तथा कनपाका उप प्रमुख श्री मञ्जु देवकोटाज्युले समाजमा घट्ने सामान्य प्रकृता घटना तथा विवादहरु वडा स्तरिय मेलमिलाप केन्द्रवाट नै मेलमिलाप गरि टुंगो लगाई झन्झटिलो र खर्चिलो नबनाउन सुझाव दिनुभएकाे थियाे ।