FAQs Complain Problems

विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिकाे वैठक

आज मिति २०७६ साल चैत २१ गते कमलामाइ नगरप्रमुख खड्ग खत्री ज्युकाे संयाेजकत्वमा नगर स्तरीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिकाे वैठक सम्पन्न ।

समितिले गरेका निर्णयहरु :

१. लक डाउनकाे कारणले अाय अार्जनकाे काम हुन नसक्दा उत्पन्न अार्थिक कठिनाईलाई न्यून गर्न यस नगर क्षेत्रमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुलाई चैत्र वैसाख महिनाकाे भत्ता उपलव्ध गराउने ।

२. सिन्धुली अस्पतालमा स्थापित अाईसाेलेसन सेन्टरमा काम गर्ने फ्रन्ट लाइनर चिकित्सक/ स्वास्थ्यकर्मी लाई मासिक प्राेत्साहन भत्ता उपलब्ध गराउने ।

३. वडास्तरमा राहत वितरण गर्नकाे लागि वडास्तरीय राहत ग्राह्य व्यक्तीहरुकाे नामावली वडाबाट नगरकार्यपालिका कार्यालयमा मिती २०७६ चैत्र २३ गते भित्र अनिवार्य पेश गर्ने ।