FAQs Complain Problems

विभिन्न चरणमा वितरण गरिएका राहतकाे विवरण

विश्वब्यापी माहामारीको रुप धारण गरेको कोभिड १९ भाइरस संक्रमणको भय र निराकरणको प्रयासलाई कमलामाई नगरपालिकाले पनि शिघ्राति शिघ्र अवलम्बन गर्नु पर्यो । खासगरी मानसिक रुपमा तयार नभइसकिएको र नसोचिएको माहामारी विरुद्धमा तुरुन्त तयार हुन कमलामाई नगरपालिकालाई निश्चय पनि ठूलै योजना र आर्थिक ब्यवस्थापनको काम गर्नुपर्यो र परिरहेको छ । तर यस अनिश्चिततापुर्ण घडिमा हाम्रो प्रयासलाई सवै पक्षबाट नैतिक र आर्थिक सहयोग प्राप्त भइरहेको छ । नगरवासीहरुलाई सायद मानव सभ्यतामा कहिलै नभोगिएको घरभित्रै वन्दि भइरहनु पर्ने, विभिन्न भौतिक कठिनाईहरुको सामना गर्नुपर्ने तथा भय र अनिश्चिततामा समय गुजार्नुपर्ने जस्तो असामान्य समस्याहरु भोग्नु पर्यो । यद्यपी यो समस्यालाई किञ्चित नमानी कमलामाई नगरपालिकाको प्रयासलाई सहज सहयोग गरिरहनु भएका तमाम नगरवासीहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु साथै यहाँहरुको धैर्य र संयमतामा मलाई गर्वानुभूत भएको छ ।
कोभिड १९ भाइरसको संक्रमण रोक्ने अभियानमा हामीले पनि विश्वब्यापी तरिका अर्थात लक डाउनको विधीलाई नै अवलम्बन गर्यौ । लक डाउन विधीले ब्यक्तिलाई आफ्नो घरभित्रै वस्नु पर्ने र उसको दैनिक आर्थिकोपार्जनको अवसर गुमेर उसको परिवारमा आउने समस्यालाई सम्बोधन गर्नुपर्ने अवस्था सवैभन्दा पहिले कमलामाई नगरपालिका अगाडि चुनौती बनेर आयो । यही चुनौतीलाई सामनागर्न कमलामाई नगरापालिकाले खास मापदण्ड बनाएर राहत प्याकेज वितरणको कार्यलाई अगाडी वढायो ।
कमलामाई नगरपालिकामा गिट्टी फुटाएर जिवन यापनगर्ने घरपरिवारहरुलाई लकडाउनको अवधीमा सवैभन्दा चाडै खाद्यान्न संकटको सामना गर्नु परेको यथार्थतालाई मध्य नजर गरेर नगरक्षेत्र भित्रका ६२ घरपरिवारहरुलाई खाद्यान्न राहत वितरण गरियो । उनीहरुलाई वितरण गरिएको राहत प्याकेजमा १५ देखि २० दिनसम्म पुग्ने सामान्य पकवानको लागि आवश्यक पुर्ण आइटमहरु ( मासु र अण्डा बाहेक ) थियो ।
गरिव गिट्टी फुटाएर आफ्नो जिविकोपार्जन चलाउँदै आएका घरपरिवारहरुलाई राहत वितरण कार्य सम्पन्न गरिसकेपछी कमलामाई नगरपालिकाले राहत ग्राह्य दोस्रो लेभलका नागरिकहरुलाई खाद्यान्न राहत वितरण गर्ने योजना तय गरेको थियो । त्यस्ता परिवारहरुको पहिचान गर्ने क्रममा कमलामाई नगरपालिकाले स्वास्थ विमाको प्रिमियम योगदान गरेको ३९४ घरपरिवारको सुचीलाई आधार मानेको थियो । यी प्रीमियम पाउने घरपरिवारहरु अति गरिव घरपरिवारहरु पहिचान भै स्वास्थ विमा गरिएको थियो र यही संख्यालाई दोश्रो लेभलको राहत ग्राह्य परिवारको रुपमा छनौट गरी खाद्यान्न राहत वितरण गरिएको थियो ।
स्वास्थ विमाको लागि कमलामाई नगरपालिले प्रिमियम योगदान गरेका घरपरिवारहरुलाई खाद्यान्न राहत उपलब्ध गराई सकेपछि तेश्रो तहका राहत ग्राह्य परिवारहरुको पहिचानको लागि वडाको सिफारिसलाई आधार मानिएको थियो । सिफारिस मापदण्डमा देहायका ४ वटा पक्षहरुलाई आधार मानिएको थियो ।
१. सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने घरपरिवार
२. आफ्नै खेती वा खेती कमाई नभएका घरपरिवार
३. जागिर, पेन्सन नभएका घर परिवार
४.वैदेशिक रोजगारमा नभएका घरपरिवार
माथिका मापदण्डका आधारमा वडाबाट सिफारिस भएका करिव ११३३ राहत ग्राह्य घरपरिवारहरु मध्ये ३६२ घरपरिवारहरुलाई खाध्यान्न राहत प्याकेज र ७६१ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी, सिन्धुली र प्लान नेपाल सिन्धुलीको संयूक्त सहयोगमा रु.२,७३०।– ( दुई हजार सातसय तीस मात्र ) नगद राहत उपलब्ध गराइएको थियो ।

Supporting Documents: