FAQs Complain Problems

व्यवसायीकता विकास सम्वन्धी (बाख्रापालन) ७ दिने तालिम सुरुवात

कमलामाई नगरपालिकाकाे आयाेजनामा वडा नं १३ स्थित वयरवनमा मिति २०७८ साल बैशाख १३ गते देखी नगर उप प्रमुख श्री मञ्जु देवकाेटाज्यूकाे अध्यक्षतामा सीप तथा व्यवसायीकता विकास सम्वन्धी (बाख्रापालन) ७ दिने तालिम सुरुवात भएकाे छ ।

 

उक्त तालिममा कनपा वडा नं १३ र १४ का विपन्न वर्गका २० जना कृषकहरुकाे सहभागिता रहेकाे छ । तालिममा कमलामाई नगरपालिका पशु विकास शाखाका प्रमुख मिन बहादुर थापाले प्रशिक्षण दिनुभएकाे छ । तालिममा सहभागी कृषकहरुले तालिम पश्चात व्यवसायी बाख्रा पालन गरि आफ्नाे जिवन स्तरोन्नती गरुन भन्ने कार्यक्रमकाे मुख्य उद्धेश्य रहेकाे छ । सहभागी कृषकहरुलाई व्यवसाय स्थापना खर्चकाे लागी तालिम लिए पश्चात १५ हजार अनुदान दिने कार्यक्रमकाे याेजना रहेकाे छ ।

 

उक्त उद्धघाटन कार्यक्रममा कनपा वडा नं १३ र १४ का वडा अध्यक्ष, सामाजिक विकास शाखाका शाखा प्रमुख, कर्मचारी, गुराँस महिला सहकारीका प्रतिनिधि र कृषकहरुकाे सहभागी रहेकाे थियाे । तालिम मिति २०७८ साल वैशाख १९ गते सम्म संचालन हुने छ ।