FAQs Complain Problems

३ दिने वडामा संचालित विभिन्न सफ्टवयेरहरुकाे पुनर्ताजगी तालिम

आज मिति २०७८ असाेज १ गते कमलामाई नगरपालिकाकाे आयाेजनामा कनपा १ देखी १४ वटै वडा कार्यालयका वडा सचिव र कम्प्युटर अप्रेटरहरुका लागि ३ दिने वडामा संचालित विभिन्न सफ्टवयेरहरुकाे पुनर्ताजगी तालिमकाे उद्धघाटन भएकाे छ ।

 

उक्त कार्यक्रमकाे अध्यक्षता कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूले गर्नुभएकाे थियाे । कार्यक्रममा कनपाका प्र.प्र.अ. श्री विशकसेन ढकाल, सूचना प्रविधि शाखाका शाखा प्रमुख श्री निर्मल लामा, प्रशिक्षक र सहभागीहरुकाे उपस्थिति रहेकाे थियाे ।

कनपाका नगर प्रमुखज्यूले तालिमले वडातहमा गुुणस्तरयुक्त सेवाका साथै छिटाे, छरिताे र प्रारदर्शी सेवा प्रवाहको लागि सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएकाे थियाे ।

 

कार्यक्रमकाे संचालन कमलामाई नगरपालिकाका कर्मचारी श्री सपना श्रेष्ठज्यूले गर्नुभएकाे थियाे ।