FAQs Complain Problems

COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सहयोग

कमलामाई नगरपालिका वडा न ४ ढुंग्रेवास निवासी सफल व्यवसायी परिवारका अभिभावक श्री टीका बहादुर श्रेष्ठ ज्युवाट एक लाख रुपैया र त्यसै गरि कनपा वडा न ६ धुराबजार स्थित सिन्धु वचत तथा ऋण सहकारी संस्थावाट पन्ध्र हजार एक सय एकाउन्न रुपैया यस कमलामाई नगरपालिकाकाको प्रकोप व्यवस्थापन कोषमा विश्वभरी नै माहामारीको रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सहयोग गर्नुभएको छ। यस सहयोगको लागि उहाँहरुलाई हृदय देखिनै कमलामाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहान्छौ।

यस विपदको घडीमा तपाईपनि माहामारीको रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सहयोग गर्न चाहानुहुन्छ भने यस कमलामाई नगरपालिकाको राष्ट्रीय वाणिज्य वैंकमा रहेको कमलामाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता नं १०६०३०५०४९४०२ मा पैसा जम्मा गर्नसक्नुहुनेछ ।