FAQs Complain Problems

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

असाेज १५, २०७७
कमलामाई नगरपालिकाद्धारा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नगर क्षेत्र भित्र १०० वर्ष माथि उमेर भएका जेष्ठ नागरिकलाई सम्मान गरि मनाएको छ ।
उक्त कार्यक्रमकाे अध्यक्षता गर्दे नगरप्रमुख खड्ग बहादुर खत्रीज्यूले १०९ वर्षका जेष्ठ नागरिक सुनमाया लाे लाई टर्च, हर्लिक्स, छाता, गम्सा, ब्ल्याङ्केट र नगद १५ सय हस्तान्तरण गरि सम्मान गर्नुभयाे । यस नगर क्षेत्र भित्र हाल १०० वर्ष माथि पुग्नुभएका जम्मा २० जना जेष्ठ नागरिक हुनुहुन्छ र सम्पूर्णलाई सम्वन्धित वडावस्तिमा नै पुगी सम्मान गर्ने कार्यक्रम रहेकाे छ ।

देश परिवर्तन भएतापनि समाज परिर्वतन हुन नसकेको उल्लेख गर्दै ज्येष्ठ नागरिक प्रति गरिने दुरव्यवहार विरुद्ध‍‍ सवै जनाले आवज उठाउन र ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउन सवैमा अनुराेध गर्नुभएकाे छ । खाना पाउने अधिकारी, वस्न पाउने अधिकारकाे लागी ग्रामीण भेगमा खरपरालले छाएका छानाहरु जस्तापाताले विस्थापित गर्ने र सवै वस्तिवस्तिमा विजुलीवत्तीकाे पहुच पुर्याउने लक्ष्य साकार हुदै गएकाे र यसले ग्रमीण भेगमा वसाेवास गर्दै आएका व्यक्तिकाे जिवनस्तर उकास्न सहयाेग मिल्ने वताउनुभयाे । हर्निया, आङ् खस्ने, माेतियाविन्दु जस्ता राेगकाे कमलामाई नगरपालिकाद्धारा नि:शुल्क उपचारकाे व्यवस्था गरिएकाे हुदाँ साेकाे लाभ लिनुहुन पनि आग्रह गर्नुभयाे ।

त्यस्तै नगर उपप्रमुख मञ्जु देवकाेटाज्यूले यस कनपाका पाँचवटा वडामा जेष्ठ नागरिक भवन वनिसकेकाे र वाकी वडाहरुमा नि जेष्ठ नागरिक भवन बनाउने लक्ष्य रहेकाे वताउनुभयाे । यस्ता भवनहरुकाे निर्माणले वस्तिस्तरमा छरिएर रहेका जेष्ठ नागरिकहरुलाई समेटि माया, प्रेम, सदभाव साटिने तथा घरपरिवारले हेर्ने दृष्टिकाेण र गर्ने व्यवहारका बारेमा वुझ्ने माैका मिल्ने वताउनुभयाे ।

उक्त कार्यक्रममा नगर प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा नं ५ र ७ का वडा अध्यक्ष, कनपाका कर्मचारी लगायत जेष्ठ नागरिकहरुकाे उपस्थिति रहेकाे थियाे ।