समाचार
कमलामाइ वडा न १२ मा जग्गाधनि पुर्जा वितरण कार्य ।
जग्गाधनी पूर्जा दोस्रो पटक वितरण:-
मिति २०८०/११/२७ गते कमलामाई नगरपालिकाले राष्ट्रिय भूमी आयोग जिल्ला समिति सिन्धुलीको संयोजनमा जग्गाधनी दर्ता प्रमाणपत्र १५ जनालाई वितरण गरेको छ । ३ भूमिहिन दलित र १२ भूमिहिन सुकुम्वासीहरुलाई हिजाे एक समारोह बिच वडा नम्वर १२ का भुमिहिनलाई जग्गाधनि पुर्जा वितरण गरिएकाे हाे । नगर प्रमुख श्री उपेन्द्र कुमार पोख्रेल ज्यूकाे अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक श्री कार्साङ लामा ज्यूको प्रमुख अतिथ्यता तथा यस नगरपालिकाका उपप्रमुख श्री मन्जु देवकोटा ज्यू र राष्ट्रिय भूमी अयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष श्री वावुराम राइको विशिष्ट अतिथ्यता सहित सरोकार संस्थाहरुका प्रतिनिधि सहितको अतिथ्यतामा भएको थियो । उक्त अवसरमा नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले विकास दुर्गम मानिएको यस वडामा अब विकासका कार्यमा नया आयाम शुरुहुने तथा नगरकै दोस्रो जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्न पाउदा खुशी लागेको वताउनु भएकाे थियाे । प्रमुख अतिथि कार्साङ लामाले विकासले असरमा के रहेछ भनी यस वडाको भूगोललाइ नजिक वाट नियाल्ने मौका मिलेको तथा आजको कामले दिगो विकास रहेको व्यक्त गर्नु भो । नगरपालिकाका उपप्रमुख श्री मन्जु देवकोटा ज्यूले लालपूर्जा वितरण प्रक्रियामा यस नगरपालिकाले निकै महत्व दिएकोले अन्य वडाहरुमा पनि चाडै लालपुर्जा वितरण हुने व्यक्त गर्नु भयो भने राष्ट्रिय भूमी अयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष वावुराम राइले अब बिस्तारै सबै भूमिहिन भूमिको मालिक भइसकेकोले कोहीकसै सँग भूमिहिन नभएको नरहेको व्यक्त गर्नु भो । उक्त कार्यकम लाई सहजीकरण इकाई प्रमुख मुकेश तामाङबाट हाल सम्मको प्रगती वारे वताउनुका साथै कार्यकम संचालन गर्नु भएको थियो । नापी अधिकृत सरोज बहादुर श्रेष्ठले कमलामाईले गरेको प्रगतीमा प्रशसा गर्नु भयो भने जग्गाधनी पूर्जा पाउने सवैले खुशी व्यक्त गरे । कार्यकमको स्वागत कमलामाई १२ नं. वडाध्यक्ष श्री भिम व गुर्मछानले ज्यूले गर्नुभएको थियो । कार्यक्रमका केही तस्विर