FAQs Complain Problems

कमलामाई नगरपालिकामा संचालित विद्यालयहरुलाई कक्षा २-५ काे स्वअध्ययन सामाग्री वितरण कार्यक्रम

आज मिति २०७७ साल श्रावण १५ गतेका दिन कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकरराज लईटेलज्यूकाे अध्यक्षता तथा नगर प्रमुख खड्ग बहादुर खत्रीज्यूकाे विशेष अतिथ्यतामा कमलामाई नगरपालिकामा संचालित विद्यालयहरुलाई कक्षा २-५ काे स्वअध्ययन सामाग्री विभिन्न विद्यालयका प्र अहरुकाे उपस्थितिमा वितरण गरियाे । साथै कमलामाई नगरपालिका अन्तरगत संचालित सामदायिक तथा संस्थागत विद्यालयमा कक्षा ११ को परिक्षामा विद्यार्थीकाे मुल्याङ्कन कसरी गर्ने सन्दर्भमा विभिन्न विद्यालयका प्र अहरु वीच छलफल गरिदै ।