समाचार
काभिड १९ भाईरस प्रसार नियन्त्रण तथा जाेखिम निराकरण सम्वन्धमा सर्वपक्षिय निर्णय
आज मिति २०७७ साल श्रावण २६ गते कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीज्यूकाे संयाेजकत्वमा विश्वभर माहामारीकाे रुपमा फैलिएकाे काभिड १९ भाईरस प्रसार नियन्त्रण तथा जाेखिम निराकरण सम्वन्धमा सर्वपक्षिय वैठक वसी तपशिलका निर्णयहरु गरियाे ।
१. क न पा ६ स्थित अपाेलाे हस्पिटललाई आईसाेलेसन सेन्टरकाे रुपमा ब्वस्थापन गर्ने ।
२. काेभिड भाईरसकाे कारणबाट मृत्यू हुनेकाे शव ब्यवस्थापनका लागि आवश्यक स्थान छनाैट गर्ने र शव ब्यवस्थापनका लागि २० थान क्याटेगाेरी १ का PPE पाेसाक तयारी अवस्थामा राख्ने ।
३. जिल्ला स्तरमा नै PCR जाँच गर्ने ल्याव र आईसाेलेसन केन्द्र स्थापनाकाे लागि यस अघि नै भएकाे निर्णयकाे समीक्षा गर्ने ।
४. कमलामाई नगरपालिका क्षेत्रमा मिती २०७७ श्रावण २७ गतेकाे राती १२ बजेबाट अत्यावश्क सेबा भन्दा बाहेकका कुनै पनि खाले यातायात सञ्चालन तथा अन्य बिविध सेवा र कृयाकलापहरु गर्न निषेध गर्ने । यसकाे अवधी ७ ( सात ) दिनकाे रहने ।