FAQs Complain Problems

कालाेपत्रे सडककाे शिलान्यास

कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूकाे अध्यक्षता तथा बागमती प्रदेश अन्तर्गतका भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री श्री रामेश्‍वर फुयालज्यूको प्रमुख आतिथ्यतामा सिन्धुलीमाढी–भिमस्थान–चकमके–उदयपुर–कटारी सडक, सिन्धुली जाेड्ने कालाेपत्रे सडककाे शिलान्यास समारोह सम्पन्न भएकाे छ ।

उक्त आयाेजनाकाे कुल लागत रकम ३४,४०,९८,७५७.८३ ‌(अक्षरुपी चाैतीस कराेड चालिस लाख अनठानब्बे हजार सात सय सन्ताउन्न रुपैया त्रीयासी पैसा ) रहेकाे छ । बागमती प्रदेशसभाबाट बिनियोजित उक्त रकमकाे ठेक्का आशीष–डि.एस.जे./भि हेटाैडा, मकवानपुरले मिति २०७७/०३/२६ गते आयाेजनाकाे सम्झाैता गरेकाे थियाे भने सम्झाैता अनुसार उक्त आयाेजना मिति २०७९/०३/२५ गते सम्म समपन्न गर्नुपर्ने छ ।

उक्त शिलान्यास समाराेहमा भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री श्री रामेश्‍वर फुयाल, बाग्मती प्रदेश सभा सदस्य माननीय श्री राजन दाहाल, बागमती प्रदेश सभा सदस्य माननीय श्री विनाेद कुमार खड्का, कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्री, उपप्रमुख श्री मञ्जु देवकाेटा, जिल्ला प्रशासन कार्यालयका प्र.जि.अ, नेकपाका केन्द्रीय सदस्य, जनप्रतिनिधि, स्थानिय लगायत विभिन्न स्थानिय निकायकाे उपस्थिति रहेकाे थियाे ।