FAQs Complain Problems

नगर प्रमुखकाे पदभार ग्रहण र नवनिर्वाचित जनप्रतिनिधिहरुकाे सपथ ग्रहण कार्यक्रम

मिति २०७९/०२/०९  कमलामाई नगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्युद्धारा कमलामाई नगरपालिकामा पदभार ग्रहण गर्नुभएकाे छ । उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल सर, कर्मचारीहरु मित्रहरु, पत्रकार लगायत विभिन्न व्यक्तित्वहरुबाट उहाँलाई न्यानाे अतिथ्यता र फुलमाला सहितकाे स्वागत गर्नुभएकाे छ ।

पदभार ग्रहण पश्चात आजै नगर प्रमुखज्युद्धारा अति विपन्न परिवारकाे निःशुल्क स्वास्थ्य विमा, कर तथा शुल्क समायाेजन र सिन्धुलीगढीकाे प्रवेश सम्वन्धि टिप्पणी सदर गर्नुभएकाे छ । त्यस्तै कमलामाई नगरपालिकामा अवस्थित वि.पि पुष्पलालकाे स्मृतिमा फुलमाला अर्पण गर्नुभएकाे छ । र आजै नव निर्वाचित नगर उप प्रमुख लगायत १४ वटै वडा समितिका वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहणकाे कार्यक्रम सम्पन्न गर्नुभएकाे छ ।