FAQs Complain Problems

नगर प्रमुखद्वारा खरपरालले छाएको घरछानामा जस्तापाता वितरण

कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्वारा क. न. पा. वडा नं १२ मा वडावासीलाई जस्तापाता वितरण गर्नुभएको छ।
कमलामाई नगरपालिकाको बार्षिक  नीति तथा कार्यक्रममा नगर प्रमुखले समेट्नुभएको खरपरालको छानाको अन्त्य गर्ने लक्ष्य अनुरुप मिति २०७७ साल असोज १३ गते कनपा १२ मा  खरपरालले छाएको घरछानामा नगर प्रमुखले वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा स्थानीयको उपस्थितिमा जस्तापाता वितरण गर्नुभएको छ। 
उक्त कार्यक्रममा स्थानियले नगर प्रमुखलाई सम्मान, धन्यवाद ज्ञापनका साथै स्वागत गरेका थिए । वडा कर्यालयवाट कनपामा सिफारिस भइ आए अनुसार उक्त जस्तापाता वितरण गरिएको छ। सिफारिसमा नाम छुटेकाहरुको लागि नि आफ्नै कार्यकालमा जस्तापाता वितरण गरि खरपरालले छाएका घरछानाको अन्त्य गर्ने नगर  प्रमुखले बताउनुभयो । त्यस्तै आफ्नो घोषणपत्रमा उल्लेख भएअनुसार " नगरवासिको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना" भन्ने नारालाई नि साकार गर्दै नगरप्रमुखले सबै वडाका वस्तिवस्तिमा ९० प्रतिशत विजुली विस्तार गरिसक्नुभएको र वाकी १० प्रतिशत पनि यहि आर्थिक बर्षमा विस्तार गरिसक्ने बताउनुभयो।