FAQs Complain Problems

नगर प्रमुख ‍खत्रीले तत्कालै ईलेक्ट्रीक अक्सिजन कन्सनट्रेटर उपलब्ध गराई जिवन प्रदान

कुमार सार्की, झाक्रीडाँडा, कमलामाई नगरपालिका वडा नं. १२ का स्थानीय वासिन्दा आज कमलामाई नगरपालिकामा आई नगर प्रमुख खड्ग बहादुर खत्रीज्यू प्रति धन्यवाद दिदै हार्दिक आभार प्रकट गर्नुभएकाे छ ।

५ वर्ष देखी दमकाे राेगी उहाँकाे आमाकाे वाच्ने आशा मारिसकेका र कात्राे किनिसकेका सार्कीकाे कमलामाई नगरपालिकाका नगर प्रमुख ‍खत्रीले तत्कालै ईलेक्ट्रीक अक्सिजन कन्सनट्रेटर उपलब्ध गराई जिवन प्रदान गरिदिनुभएकाेमा धन्यवाद प्रकट गर्नका निम्ति नगर प्रमुखकाे कार्यकक्षमा उपस्थित भएका थिए ।