FAQs Complain Problems

निर्माणाधिन City Hall को निरिक्षण

 मिति २०७९ जेठ २० गते शुक्रवार कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कमलामाई नगरपालिकाको शहरी पूर्वाधार विकासको सन्दर्भमा नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्यूको अध्यक्षतामा नगर विकास कोषका पदाधिकारीज्यूहरु सङ्ग छलफल कार्यक्रम सम्पन्न भयो । नगरपालिकाको पार्किङ्लाई व्यवस्थित गर्न, फोहोरमैला व्यवस्थापन, बसपार्क निर्माण, पार्क तथा पिकनिक स्पट निर्माण, Land Pooling जस्ता कार्यक्रममा नगरपालिकाले अनुरोध गरेमा नगर विकास कोषले प्राविधिक तथा आर्थिक सहयोग गर्न नगर विकास कोष तयार रहेको कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले बताउनु भयो ।

सो सन्दर्भमा नगर विकास कोषको ऋण सहयोगमा निर्माणाधिन City Hall को प्रगती सम्बन्धमा छलफलको साथै स्थलगत निरिक्षण तथा अनुगमन समेत भयो साथै तोकिएकै समयमा कार्य सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीबाट व्यक्त भयो ।

उल्लेखित कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेल, प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल, वडा नं. ६ का वडा अध्यक्ष श्री उज्ज्वल कुमार थापा, लेखा प्रमुख श्री टेकेन्द्र कुमार कार्की, वतावरण शाखा प्रमुख श्री सगर कुमार ढकाल, योजना शाखा प्रमुख इन्जिनियर श्री विनोद खकुराल, इन्जिनियर श्री आस्तिक बराल र इन्जिनियर श्री नवीन वस्नेतको सहभागिता थियो भने नगर विकास कोषको तर्फबाट कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र उप प्रवन्धक श्री राजेश भोछिभोयको सहभागिता थियो । साथै City Hall निर्माणको सुपरभिजनको जिम्मा पाएको परामर्शदाताको इन्जिनियर र निर्माण व्यवसायी प्रतिनिधीको समेत उपस्थिती रहेको थियो ।