FAQs Complain Problems

पाचाैँ नगर सभा

कमलामााई नगरपालिका सिन्धुलीले २०७६÷०७७ को लागि एक अर्व ६ करोड ८२ लाख ९० हजार बराबरको बजेट ल्याएको छ । चालु खर्च तर्फ ६३ करोड ३६ लाख ८० हजार र पूँजीगत तर्फ ४३ करोड ४६ लाख १० हजार रुपैंया बराबरको बजेट सार्वजनिक भएको हो ।
मंगलबार कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले उक्त बजेट पाँचौं नगरसभामा प्रस्तुत गरेका हुन । उनले नगरपालिकाले बाँड्न मिल्ने ५७ करोड ४० लाख १० हजार मध्ये ७५.७२ प्रतिशत रकम पूँजीगत तर्फ विनियोजन गरिएको जनाए । उनले जनमुखी प्रशासन, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन गुणस्तरीय भौतिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य लगाएत सामाजिक क्षेत्रको विकास तथा कृषिमा आधुनीकिकरण लगाएतका विषयलाई बजेटमा प्राथमिकता दिएको बताए ।