FAQs Complain Problems

प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियाेगिता

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित तथा सेना दिवस २०७६ को अवसरमा २०७६ फागुन १६ गते देखी १८ गते सम्म "राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद" भन्ने मूल नाराका साथ प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियाेगिता कमलामाई नगरपालिकाकाे कवडहलमा जिल्ला व्याडमिन्टन स‌ंघ सिन्धुलीद्धारा आयाेजना गरिएकाे छ ।

 

उक्त कार्यक्रम प्रमुख अतिथि तथा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाज्यूले उद्धघाटन गर्नुभएकाे छ । इतिहासकाे विभिन्न काल खण्डहरुमा नेपाली सेनाहरुले सिन्धुलीवासीकाे संयुक्त प्रयासमा रचेकाे विरासतलाई वर्तमान सम्म कायम राख्ने नागरिक स्तरवाट देखाइएकाे तदारुक्ता अत्यन्त सराहनिय भएकाे वताउनुभयाे । यस जिल्लमा एकिकरण पदमार्ग लगाएत ऐतिहासिक सम्पदाहरु सिन्धुलीगढी, हरिहरपुरगढीको स‌ंरक्षण, प्रवर्द्धन र सम्वर्दनलाई स्थानीय निकायहरुसंग हातेमालाे गर्दै निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको बताउनुभयाे ।

 

त्यस्तै कमलमाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्यूले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कनपाले विभिन्न कार्यक्रम गर्दै आइरहेको र यसलाई सफलतापूर्वक समपन्न गर्नको लागि सिन्धुलीमा रहेका बर्द बहादुर गण, ९ नं. वाहिनी, कमलामाई नगरपालिका लगाएत विभिन्न संघसंस्था के कसरी बढी भन्दा बढी पर्यटक भित्र्याउने भनि लागि परेको बताउनु भयो । त्यसै गरी सिन्धुलीगढीमा युद्ध सग्राहलय निर्माण गर्नको लागि प्रधानसेनापति ज्यूको मुख्य भुमिका रहेको भन्दै विशेष धन्यवाद दिदै प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियाेगिताकाे लागि कनपा को तर्फबाट दुई लाख रुपैया सहयोग बताउनुभयाे ।