FAQs Complain Problems

प्रहरी कर्मचारीहरुसगँ सम्बन्धित गुनासाे तथा सुझाव संकलन पेटिका स्थापना

कमलामाई नगरपालिका, नगर कार्यपालिकाकाे कार्यालयमा आजबाट प्रहरी कर्मचारीहरुसगँ सम्बन्धित गुनासाे तथा सुझाव संकलन पेटिका स्थापना गरिएकाे छ ।

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रञ्जु सिग्देल, जि.प्र.का प्रहरी कर्मचारी, पत्रकार तथा क.न.पा.का कर्मचारीहरुकाे उपस्थितिमा क.न.पाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा उक्त गुनासाे तथा सुझाव संकलन पेटिकाकाे उद्धघाटन गर्नुभएकाे छ ।

अव देखी सम्पूर्ण नगरबासीहरुले प्रहरी कर्मचारीहरुसगँ सम्बन्धित गुनासाे तथा राय, सुझावहरु छन भने यस गुनासाे तथा सुझाव संकलन पेटिका मार्फत राख्न पाउने छन्। उक्त पेटिका हरेक महिनाकाे १ गते जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा कमलामाई नगरपालिकाका प्रतिनिधिकाे उपस्थितमा खाेलेर शिलबन्दी गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटाैडा, मकवानपुर पठाइने छ ।

यस कार्यकाे शुभशुभारम्भ भएकाे र यस गुनासाे तथा सुझाव संकलन पेटिकाले नगरबासीहरुकाे गुनासाे तथा सुझावकाे सम्बाेधन हुनेमा कमलामाई नगरपालिकाका नगरप्रमुख खत्रीले बताउनुभएका छन् ।