FAQs Complain Problems

बा आमाकाे मुस्कान, नगरपालिकाकाे खुशी

कमलामाई नगरपालिकाकाे आ.व. ०७८/०७९ काे नीति तथा कार्यक्रम "बा आमाकाे मुस्कान, नगरपालिकाकाे खुशी" अनुसार हाल सम्म कमलामाई नगरपालिकामा वसाेवास गर्दै आईरहनु भएका १५० जना बा आमाहरुकाे नयाँ दात राख्ने कार्य सम्पन्न भईसकेकाे छ ।

साेही कार्यक्रमकाे प्रतिकृयाका लागि आज मिति २०७८ फागुन ७ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्री, नगर उप प्रमुख श्री मञ्जु देवकाेटा, प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल, लेखा अधिकृत श्री टेकेन्द्र कुमार कार्की, स्वास्थ्य शाखा प्रमुख श्री केम थापा, सूचना प्रविधि अधिकृत श्री निर्मल लामा र दन्त चिकित्सककाे उपस्थितिमा नयाँ दात राखिसक्नु भएका बा आमाहरुसँग उहाँकाे अनुभव र साे कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएकाे थियाे ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण बा आमाहरुले कार्यक्रम एकदमै फलदायी रहेकाे र साे कार्यक्रमका लागि नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।