FAQs Complain Problems

भूमिहिन दलित,भूमिहीन सुकुम्वासी र अब्यवस्थित बसाेबासीकाे लगत संकलन

कमलामाई नगरपालिका वडा न २ का वडा अध्यक्ष श्री नवराज थिङज्युको अध्यक्षता, नगर उप प्रमुख श्री मञ्जु देवकोटाज्युको प्रमुख अतिथ्यता,ऐलानी जग्गा अभिलेखिकरणको जग्गा सर्वेक्षण कार्यका संयोजक तथा वडा न ०९ का वडा अध्यक्ष श्री देवराज पौडेलज्युको अतिथ्यतामा कमलामाई नगरपालिका वडा न २ मा आज मिति २०७७ साल माघ २५ गतेवाट ऐलानी जग्गाको नापी कार्य सुरुवात भएको छ ।

यस नगरपालिका भित्र रहेकाे एेलानी जग्गाकाे विवरण संकलन तथा अभिलेखिकरण कार्य ७५ प्रतिशत भन्दा बढी कार्य एेलानि जग्गाकाे अभिलेखिकरण संकलन केन्द्र भिमान मार्फत सकिएकाे छ भने हाल आएर भूमि सम्बन्धि समस्या समाधान आयाेगले मिति २०७७/१०/०९ काे ३५ दिने सूचना मार्फत यस नगरपालिका भित्रका भूमिहिन दलित,भूमिहीन सुकुम्वासी र अब्यवस्थित बसाेबासीकाे लगत संकलन गरिरहेकाे छ । याे दुबै कार्यलाई संगै लैजाने नगरपालिकाले लक्ष्य लिएकाे छ ।

साथै ऐलानी जग्गा तर्फ अनुसूची ३ र ४ मा उल्लेखित भएका विवरणको ढाचा आवश्यक भएकाले आ आफ्नो वडा कार्यलयमा फागुन ८ गतेसम्म आवेदन दिनुहुन सवैमा जानकारी गराईन्छ ।

नोट: यस भन्दा अगाडि निवेदन दिनुभएका व्यक्तिहरुले पनि पुन: अनुसूची वमोजिम आफ्नो वडा कार्यालयमा गएर फारम भर्नुपर्ने छ।