FAQs Complain Problems

मन्त्री माननीय लिलानाथ श्रेष्‍ठज्यू र नगर उप प्रमुख श्री मञ्जु देवकाेटाज्यू विच भेटवार्ता

आज मिति २०७८ साल वैशाख ७ गते कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयका मन्त्री माननीय लिलानाथ श्रेष्‍ठज्यू र कमलामाई नगरपालिकाका नगर उप प्रमुख तथा न्यायीक समितिका संयाेजक श्री मञ्जु देवकाेटाज्यूवीच कमलामाई नगरपालिकाकाे कार्यालयमा भेटघाट भएकाे छ ।

उक्त भेटघाट कार्यक्रममा कमलामाई नगरपालिकाका कानुन अधिकृत श्री टंक विक्रम थापाले न्यायिक समितिकाे काम, कर्तव्य र अधिकारबारे जानकारी गराउनुका साथै आ‍‌ व ०७५/०७६ देखी आ व ०७७/०७८ सम्ममा न्यायिक समितावाट सम्पादन गरिएका स्थानीय सरकार संचालन ऐन, २०७४ काे दफा ४७ (१) र (२) बमाेजिम पर्न आएका मुद्दाहरुकाे ३ वर्षे तुलनात्मक कार्यहरुकाे विवरण पेश गर्नु भएकाे थियाे ।

यस्तै कमलामाई नगरपालिकाका नगर उप प्रमुख श्री मञ्जु देवकाेटाज्यूले न्याय सम्पादन गर्दा आइपरेका समस्याहरु, उजुरीमा, म्याद तामेलमा, प्रतिउत्तर/लिखित जवाफ र मेलमिलापमा देखा परेका समस्याहरुका वारेमा जानकारी गराउनुहुदै न्याय सम्पादनमा अझै स्थानिय तहले विश्वास दिलाउन नसकेकाे र यस्ता समस्याहरुकाे केन्द्रिय स्तरबाटै सम्वाेधन गर्नुहुन मन्त्रीज्यूलाई सुझाव दिनुभएकाे छ ।

कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयका मन्त्री माननीय लिलानाथ श्रेष्‍ठज्यूले हामी नेपालीहरुकाे मस्तिषकमा विकास भनेकै भाैतिक विकास मात्र रहेकाे भन्ने वुझाइले धेरै समस्याहरुकाे निराकरण हुन नसकेकाे वताउनुहुदै हरेक नेपालीहरुमा चेतनाकाे विकास अपरिहार्य रहेकाे जनाउनुभएकाे छ । यस्तै न्यायिक समितिलाई थप प्रभावकारी वनाउन कानुन अधिकृतकाे दरवन्दी हरेक स्थानिय तहमा शृजना गरिने र तालिमकाे व्यवस्था गरिने वताउनुभएकाे छ । न्याय सम्पादन गर्दा हरेक स्थानिय तहले भावनामा वगेर हाेईन, कानुन संगत न्याय गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । यस्तै मन्त्रालयले न्यायलयलाई थप प्रभावकारी वनाउन विपन्न गरिवलाई न्यायमा पहुच, छुवाछुतलाई कसरी निर्मूल गर्ने र सामाजिक न्यायलाई कसरी निरुपण गर्ने भन्नेमा ३ कुरामा प्राथमिकता दिएकाे वताउनुभएकाे छ ।