FAQs Complain Problems

विद्यालयका वि‌.व्य.सलाई विद्यालय भवन हस्तान्तरण

मिति २०७८ साल वैशाख १३ गते कमलामाई नगरपालिकाकाे समन्वय, सामुहिक सराेकार समाज (CCS) सिन्धुलीकाे साझेदारी र Wishner5, Himalayan Quests Foundation काे सहयाेगमा कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूकाे प्रमुख अतिथ्यतामा कनपा ७ स्थित वल्लाे रामपुरमा नवनिर्मित ३ काेठे भवन श्री जनचाहना आधारभूत विद्यालय सम्वन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएकाे छ ।

त्यस्तै आजै कनपा वडा नं १४ स्थित चन्दनपुरमा नवनिर्मित २ काेठे भवन श्री कमला प्राथमिक विद्यालय पनि कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा सम्वन्धित विद्यालयका वि‌.व्य.सलाई हस्तान्तरण गर्नुभएका छन् ।