FAQs Complain Problems

विना धिताे विना व्याजमा कनपाद्धारा ऋण उपलब्ध

आज मिति २०७७ साल पौष २६ गते कमलामाई नगरपालिकाका नगर प्रमुख एव‌ं यूवा स्वरोजगार कार्यक्रम संचालक समितिका संयोजक श्री खड्ग बहादुर खत्रीज्यू, संचालक समितिका सदस्य एवं नगर उपप्रमुख श्री मञ्जु देवकोटा ज्यू, संचालक समितिका सदस्यहरु श्री विशकसेन ढकाल, श्री टेकेन्द्र कुमार कार्की, श्री माधव वगाले, श्री दिपेश वराल, श्री दिपेन्द्र फूयाल, कर्मचारी तथा पत्रकारहरुकाे उपस्थितिमा दोश्राे चरणकाे प्रारम्भिक अनुगमनबाट छनाैट हुनुभएका ६ जना यूवा उद्यमीहरुलाई विना व्याज र विना धिताे ऋण उपलब्ध गराउनुभएकाे छ ।

कमलामाई नगरपालिकाकाे युवा स्वराेजगार संचालन कार्यविधि अनुसार उपलब्ध गराईएकाे ऋणलाई सहि ठाउँमा उपयाेग गरी आफ्नाे जिवनस्तराेन्नती गर्न कनपाका नगर उपप्रमुख तथा संचालक समितिका सदस्य श्री मञ्जु देवकाेटाज्यूले सुझाव दिनुभएकाे छ । एक थुकी सुकी सय थुकी नदी भन्ने तातपर्य अनुसार नगरबाट उपलब्ध गराईएकाे साे रकम सानाे भए पनि आफ्नाे व्यवसायकाे लागी थप टेवा मिल्ने बताउनुभयाे ।

त्यस्तै कनपाका नगर प्रमुख एवं यूवा स्वरोजगार कार्यक्रम संचालक समितिका संयोजक श्री खड्ग बहादुर खत्रीज्यूले उक्त उपलब्ध भएकाे ऋण पहिलाे चरणमा ५०% र एक महिना पछि अनुगमन पश्चात बाकीं ५०% उपलब्ध हुने बताउनुभयाे । र साे ऋण पाच महिना पछि हरेक महिना गरी जम्मा १९ किस्तामा तिरिसक्नु पर्ने वताउनुभयाे । केही गरि तिर्न नसकेकाे अवस्थामा कमलामाई नगरपालिकाद्धारा कारवाही स्वरुप कनपाबाट प्रदान गरिने सेवा सुविधाहरु ठप्प हुने बताउनुभयाे ।

दाेश्राे चरणकाे अनुगमन पश्चात छनौट हुनुभएका युवा उद्यमीहरुकाे नामावली र उपलब्ध ऋण

१ श्री मेनुका कार्की मिलन पाेल्ट्री फर्म रु दुई लाख

२ श्री तेज बहादुर वि‍.क. भैंसी पालन रु दुई लाख

३ श्री इन्द्र बहादुर पौडेल खत्री खाजा घर रु एक लाख

४ श्री हिरा लाल श्रेष्ठ राँगा पालन रु दुई लाख

५ श्री लाल बहादुर श्रेष्ठ तरकारी खेती रु एक लाख पचास हजार

६ श्री हरि बहादुर घिमिरे गाई फर्म रु दुई लाख