FAQs Complain Problems

समाचार

वि.पि. - पुष्पलाल सालिककाे अनावरण

 मिति २०७८ चैत ६ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूद्धारा कनपामा वि.पि. पुष्पलाल स्मृति पार्कमा नवनिर्मित वि.पि. - पुष्पलाल सालिककाे अनावरण गर्नुभएकाे छ ।

उक्त अनावरण कार्यक्रममा कमलामाई नगरपालिकाका नगर उप प्रमुखज्यूद्धारा स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

उक्त अनावरण कार्यक्रममा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपाने, कमलामाई नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारी, विभिन्न राजनितिक दलहरुका प्रतिनिधि, सिन्धुली अस्पताल व्यवस्थापनका अध्यक्ष, उधोग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, शस्त्र प्रहरी वलका प्रतिनिधि, पत्रकार लगायत स्थानीय वासीहरुकाे उपस्थिति रहेकाे थियाे ।